Online Nepal बिहिबार, बैशाख २० २०८१

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो


मध्यान्तर
  • आइतबार, कार्तिक ५ २०८०

  • काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा शव ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुगेका थिए  ।

    इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ । एउटा शब आज दिउँसो १ बजे आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल ल्याइएको चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार