Online Nepal बिहिबार, बैशाख २० २०८१

विपिन जोशीको रिहाईका लागि कुटनितीक पहल गर्न परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

विपिन जोशीको रिहाईका लागि कुटनितीक पहल गर्न परराष्ट्रमन्त्री साउद कतार प्रस्थान


मध्यान्तर
  • शनिबार, मंसिर २३ २०८०

  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार गएका छन्। इजरायल घटनामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईका लागि कुटनितीक पहल गर्न र दोहा २१ औं सम्मेलनमा भाग लिन मन्त्री साउद आज बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

    परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा गएका हुन्।

    परराष्ट्रमन्त्री साउद आइतबारदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुनेछन्। त्यहाँ हुने उच्चस्तरीय भेटमा

    इजरायल घटनामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईका लागि कुटनितीक पहल गर्न परराष्ट्रमन्त्री साउद गएका हुन् । हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदको सचिवालयले जनाएको छ।

    कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ।

    मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

    प्रतिक्रिया
    थप समाचार