Online Nepal आइतबार, बैशाख २३ २०८१

आजदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ निष्कासन

आजदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ निष्कासन


मध्यान्तर
  • बुधबार, मंसिर २७ २०८०

  • काठमाडौं । आजदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ निष्कासन खुलेको छ।

    कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म बिक्री नभए पुस ११ गतेसम्म बिक्री खुला रहनेछ।

    कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो।

    अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ।

    यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
    वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ। कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ।

    आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणालीमा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैंक छ।

    सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार