Online Nepal आइतबार, बैशाख २३ २०८१

त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान


मध्यान्तर
  • सोमबार, पुष २३ २०८०

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । यसअघि प्रकाशित दरखास्त आह्वानको सूचना रद्ध गरेको त्रिविले पुनः दरखास्त मागेको हो ।

    यसअघिको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । तर उक्त प्रावधानको चौतर्फी आलोचना भएपछि त्यसलाई हटाएर त्रिविले नयाँ सूचना निकालेको हो । उक्त प्रावधानले बाहिरको योग्य व्यक्तिलाई रोक्ने भन्दै आलोचना भएको थियो ।

    योग्यता पुगेको इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार