Online Nepal आइतबार, बैशाख २३ २०८१

हेमोग्लोबिन के हो ? यसको मात्रालाई कसरी बढाउने ?

हेमोग्लोबिन के हो ? यसको मात्रालाई कसरी बढाउने ?


शिला रम्तेल
  • सोमबार, माघ २९ २०८०

  • काठमाडौँ । शरीरको सबै अङ्गलाई स्वस्थ बनाउन हेमोग्लोबिनको धेरै आवश्यक पर्दछ। तर प्रोटिन, भिटामिन र खनिजको कमीका कारण रगतमा हेमोग्लोबिनको मात्रा पनि कमी हुन जान्छ।

    गर्भवती महिलामा हेमोग्लोबिनको कमी भएमा गम्भीर समस्याहरु देखा पर्न सक्छन्। हाम्रो शरीरमा हेमोग्लोबिनको कमी हुँदा यसको असर शरीरमा हुने रगतको अक्सीजनको मात्रामा पर्दछ। रगतमा अक्सीजनको कमीले कमजोरी भई बिरामी बेहोश हुने, श्वास फेर्न गाह्रो हुने समस्या देखा पर्दछ। १८ वर्षभन्दा बढी उमेर भएको मानिसमा हेमोग्लोबिनको मात्रा १३.६ देखि १७.७ हुनुपर्दछ।

    हेमोग्लोबिनको कमीले लाग्ने रोग :

    शरीर र टाउको दुख्ने
    रक्तअल्पत्ता हुने
    किड्नी र कलेजोको बिरामी हुने
    मुटुरोग देखा पर्ने
    छालाको रङमा फेरबदल हुने र छिटो घाउ निको नहुने
    महिनावारी हुँदा धेरै दुखाई हुने
    शरिर चिसो भइराख्ने
    हेमोग्लोबिनको मात्रा कसरी बढाउने ?

    शरीरमा हेमोग्लोबिनको मात्रा चाडो बढाउन खरबुजा र पालुङ्गोको साग सेवन गर्न सकिन्छ। पालुङ्गोमा भरपुर मात्रामा आइरन पाईन्छ भने खरबुजाले आइरनको मात्रालाई ब्यालेन्स गर्न मद्दत गर्छ। अनार, चुकंदर, केरा, गाजर, अम्बा, स्याउ, अङ्गुर, सुन्तला र गोलभेडा जस्ता फलफूल र सब्जीमा प्रशस्त मात्रामा आइरन पाईन्छ। यस्ता फलफूल र सब्जीको सेवनले हेमोग्लोबिनको मात्रा बढाउँछ।

    प्रशोधित चिनीको साटो सखरको प्रयोग स्वास्थ्यको लागि फाईदाजनक हुन्छ। सखरले हेमोग्लोबिनको मात्रा बढाउँछ। खजुर, बदाम, किसमिस, दूध, अण्डा, माछा, मासु, सोयाविन, राजमा, ब्राउन राइस, डार्कचक्लेटको प्रयोगले पनि रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार