काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १०.६२ अंकले घटेर दुई हजार ७० दशमलव २५ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८४ वटाको बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज क्रमशः १० र ९ प्रतिशतले बढेको छ ।
आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.८३ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।