Online Nepal सोमबार, जेष्ठ ७ २०८१

नेपाल र युएइबीचको खेलमा नेपालले ४ विकेट गुमायो

नेपाल र युएइबीचको खेलमा नेपालले ४ विकेट गुमायो


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । नेपाल र युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेल जारी छ । खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

    दुबई जारी यस खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । हाल सम्म नेपालले युएइसँग ५० ओभरका १५ म्याच खेलिसकेको छ। जसमा नेपालले तीन खेल जित्दा ११ खेल युएइले जितेको छ।

    यि दुई टिमकाबीचमा एक खेल भने बराबरी भएको थियो। इतिहास युएइको पक्षमा भएपनि आजको खेलको नतिजा आफ्नो पक्षमा पार्ने तयारीका साथ नेपाली टोली मैदान उत्रेको छ।

    पारस खड्काको कप्तानीमा रहेको टोलीमा चार खेलाडीले पहिलोपटक स्थान बनाएका छन् भने अलराउण्डर शरद भेष्वाकर टिममा छैनन्। युएईसँग नेपालले ३ वटा एक दिवसीय र ३ खेलको टी–२० क्रिकेट श्रृंखला खेल्ने छ । नेपालले जारि खेलमा हालसम्म चार विकेट गुमाईसकेको छ । जसमा पहिलो उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।

     

    उनी शुन्य रनमा आउट भएका हुन्न्। यस्तै खेलको चौथो बलमा ओपनर ज्ञानेन्द्र आउट भएका छन्। ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन्। उनलाई नाविदको बलमा किपरले क्याच गरेर आउट गरेका हुन्।

    खेलमा दोस्रो विकेटका रूपमा विनोद भण्डारी आउट भएका छन्। उनी ६ रनमा आउट भएका हुन्। उनको विकेट पनि नावीले नै लिएका हुन्। तेस्रोविकेटमा कप्तान पारस खड्का २० रन बनाएर आउट भएका छन् । ३६ बल खेलेका खड्का २० रनमा आउट भए। उनले ३ चौकासहित २० रन जोडेका थिए। नेपालको चौथो विकेट पनि गएको छ।

    चौथो विकेटमा दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । उनी शुन्य रनमा आउट भएका हुन् । उनी दुई बल खेलेर आउट भएका हुन् । अहिले क्रिजमा सोमपाल कामी र आरिफ शेख छन्। शेखले क्रिजमा आउने वित्तिकै एक चौका हानेका छन्।

    प्रतिक्रिया
    थप समाचार