Online Nepal सोमबार, जेष्ठ ७ २०८१

क्रिकेटमा नेपालको ऐतिहासिक जित, एक दिवसिय खेलमा पारसले पुरा गरे शतक

क्रिकेटमा नेपालको ऐतिहासिक जित, एक दिवसिय खेलमा पारसले पुरा गरे शतक


मध्यान्तर
  • सोमबार, माघ १४ २०७५

  • काठमाडौं । कप्तान पारस खड्काले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ।

    युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो।

    कप्तान खड्का एकदिवसीय क्रिकेटमा एक सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। एक सय रन पूरा गर्ने क्रममा उनले ९२ बल खेले। कूल ११५ रन बनाएका खड्काले १०९ बलको सामना गर्दै १५ चौका र एक छक्का हाने।

    प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी पाँचौ ओभरमा नै आउट भएपछि मैदान छिरेका उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे।

    मल्लले ३१ रन बनाए भने नेपालको विजयका लागि योगदान गर्ने क्रममा सन्दीप जोराले १९, रोहित पौडेलले १६, आरिफ शेखले २१ र सोमपाल कामीले २६ रन बनाए।

    युएईको तर्फबाट इमरान हैदर र असफक अहमदले दुई-दुई विकेट लिएका थिए।

    प्रतिक्रिया
    थप समाचार