Online Nepal शुक्रबार, बैशाख २८ २०८१

टी-ट्‍वान्टीः यूएईसंग नेपाल पराजित

टी-ट्‍वान्टीः यूएईसंग नेपाल पराजित


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । नेपाल पहिलो यूएई संगको टी ट्‍वेन्टी खेलमा पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित भएको हो ।

    बिहीबारको पहिलो खेलमा पराजित भएसँगै नेपाल तीन खेलको शृंखलामा १-० ले पछि परेको छ।

    दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० एकेडेमीको मैदानमा टस जिती फिल्डिङ रोजेको नेपालले घरेलु टोली यूएईलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रनको योगफलमा रोकेको थियो।

    जवाफमा नेपालले निर्धारित ओभरमा सात विकेट गुमाउँदा एक सय ३२ रन मात्रै जोड्न सकेपछि पहिलो खेलमा पराजय बेहोरेको हो।

    मध्यम योगफल पछ्याएको नेपाल ब्याटिङमा फेरि केही कमजोर देखियो। सन्दीप जोहराले आफ्नो डेब्यू खेलमै अविजित ५३ रनको अर्धशतक प्रहार गरेपनि नेपालको जित सम्भव भएन। उनले ४६ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएका हुन् ।

    सन्दीपले ४६ बलको आफ्नो पालीमा एक छक्का र तीन चौका प्रहार गरेका थिए। उनी भन्दा बाहेक सोमपाल कामीले २७ तथा कप्तान पारस खड्काले २५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    सोमपालले १९ बलमा एक छक्का र एक चौका प्रहार गर्दा कप्तान पारसले २५बलमा चार चौका हिर्काएका थिए।

    नेपालका प्रारम्भिक खेलाडी प्रदीप ऐरी खेलको पहिलो बलमै खाता खोल्नु अघि आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र करण केसी समान ४ रनमा आउट हुन पुगे। सन्दीप लामिछाने दुई रनमा अविजित रहे।

    यो पनि पढ्नुहोस्

    नेपाललाई छैटौं सफलता, अर्धशतक प्रहार गर्ने अनवार आउट

    सन्दिपको दोस्रो विकेटसंगै नेपाललाई चौथो सफलता

    नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट

    यूएईविरुद्ध टि-ट्वान्टी शृङ्खलाः सुरु भयो सन्दिपको जादु, दोस्रो ओभरमा विकेट

    प्रतिक्रिया
    थप समाचार