Online Nepal शुक्रबार, बैशाख २८ २०८१
टी–ट्वान्टि

टी–ट्वान्टि शृङ्खलाः नेपाललाई १ सय ८ रनको लक्ष्य

टी–ट्वान्टि शृङ्खलाः नेपाललाई १ सय ८ रनको लक्ष्य

नेपालले टोलीका दुई खेलाडी परिवर्तन


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • फाइल तस्बिर

    काठमाडौं । दुबईमा जारी टी–ट्वान्टि श्रृङखला अन्र्तगत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको दोस्रो खेलमा नेपाललाई १ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    १९.२ ओभरमा अलआउट हुँदै युएईले १ सय ७ रन बनायो । दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकाडेमी मैदानमा जारी खेलमा युएईले टस जित्दै पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

    तर, युएईको शुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमा नै सोमपाल कामीको बलमा अस्फाक अहमद ४ रन बनाएर पभिलियन फर्कन बाध्य बने । सोमपालले गुलाम सब्बरलाई तेस्रो ओभरमा आफ्नो दोस्रो शिकार बनाए ।

    ओपनर चुन्डाङ्गापोयिल रिजवानले युएईको खेल सम्हाल्ने प्रयास गरे पनि नेपालले नियमित रुपमा युएईको विकेट लिइरह्यो ।

    नेपालका अविनाश बोहराले सर्वाधिक ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए ।

    ४ ओभर बलिङ गरेका बोहराले मात्र २० रन खर्चिए । त्यस्तै, सन्दीपले आफ्नो निर्धारित ४ ओभरमा १९ तथा सोमपालले १५ रन मात्र खर्चिए ।

    बोहराको बलमा आउट हुनअघि युएईका लागि रिजवानले सर्वाधिक ४४ रन बनाए । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए ।

    त्यस्तै, सइमान अनवरले १४ तथा मोहमद बुटाले ११ रनको योगदान दिए ।

    आजको खेलमा नेपालले टोलीका नियमित दुई खेलाडी परिवर्तन गरेको छ । वसन्त रेग्मी र रोहितकुमार पौडेललाई आराम दिइएको छ । उनीहरुको स्थानमा पवन सर्राफ र ललित नारायण राजवंशीलाई मौका दिइएको छ । पवनले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टी–ट्वान्टि मा डेब्यु गरेका छन् । ललितले यसअघि नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

    नेपाललाई यूएईबीरुद्धको टी–ट्वान्टि सिरिज जित्न यस खेल जित्नैपर्ने अवस्था छ । यूएई विरुद्धको एकदिवसीय सिरिज २–१ ले जितेको नेपालले टी–ट्वान्टि को पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको थियो । आज जित्न नसकेका नेपालले टी–ट्वान्टि सिरिज गुमाउनेछ ।

    यो पनि पढ्नुहोस्

    टि–ट्वान्टि शृङ्खलाः नेपालाई जित्नै पर्ने दबाब

    टी-ट्‍वान्टीः यूएईसंग नेपाल पराजित

    नेपाललाई छैटौं सफलता, अर्धशतक प्रहार गर्ने अनवार आउट

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार