Online Nepal सोमबार, जेष्ठ ७ २०८१
टि ट्वान्टि

युएईमा पानी पर्दा नेपाल र युएईबीचको खेल प्रभावित

युएईमा पानी पर्दा नेपाल र युएईबीचको खेल प्रभावित


मध्यान्तर
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । टि-ट्वान्टि सिरिज अन्र्तगत आईतबार हुन भनिएको नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम खेल प्रभावित भएको छ । खेल वर्षाका कारण प्रभावित भएको हो।

    संयुक्त अरब इमिरेट्सको दुवईमा ठूलो पानी परेकाले नेपाल र दुवईबीचको खेल प्रभावित भएको हो। खेल केही ढिलोगरी सञ्चालन हुने सम्भावना रहेको छ। दिउँसो पौने तीन बजे सुरु हुने भनिए पनि अहिलेसम्म खेल सञ्चालन हुन सकेको छैन। यसअघिका दुईमध्ये नेपाल र युएइले एक÷एक खेल जितेकाले तीन खेलको श्रृंखला आफ्नो पक्षमा पार्न दुबै टिमका लागि आजको खेल जित्नै पर्ने दबाब छ।

    पहिलो खेलमा युएइ २१ रनले बिजयी भएको थियो भने दोस्रो खेल नेपालले चार विकेटले जित्दै श्रृंखला बराबरी गरेको थियो। यसअघि युएइविरुद्धको एकदिवसीय श्रृंखलामा पनि पहिलो खेल हारेर २–१ ले श्रृंखला जितेको नेपाल टि ट्वेन्टी क्रिकेटमा पनि त्यहि अवस्था दोहो¥याउने दाउमा छ। आजको खेल जिते नेपालले पहिलो अन्तर्राष्ट्रिय टि ट्वेन्टी क्रिकेट श्रृंखला भित्र्याउनेछ । सन् २०१४ मा टि ट्वेन्टी विश्वकप खेलिसकेको नेपालले यसअघि नेदरल्याण्ड्स र हङकङसँग टि ट्वेन्टी श्रृंखला खेलेपनि जित्न सकेको

     

     

    प्रतिक्रिया
    थप समाचार