Online Nepal सोमबार, जेष्ठ ७ २०८१

टी-२० श्रृंखलाः टस हारे ब्याटिङ गर्दै नेपाल, १० ओभरमा छोट्याइयो खेल

टी-२० श्रृंखलाः टस हारे ब्याटिङ गर्दै नेपाल, १० ओभरमा छोट्याइयो खेल


मध्यान्तर
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । नेपाल र युएईबीच जारी टी-२० श्रृंखलाको तेस्रो अर्थात अन्तिम खेल सुरु भएको छ । पानी परेका कारण प्रभावित बनेको खेल अहिलेसुचारु भएको हो ।

    आईतबार दुबैमा हुन लागेको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आजको श्रृंखला जित्न दुवै देशले जित्नैपर्ने दबाब रहेको छ । खेलमा नेपालले विनोद भण्डारीलाई ल्याइएको छ। प्रदीप ऐरीलाई भने प्लेइङ ११ बाट हटाइएको छ।

    दिउँसो २: ४५ बजे शुरु हुने खेल दुई घण्टा ढिलो गरेर शुरु भएको हो। खेलमैदानमा वर्षाका कारण खेल रोकिएको थियो। वर्षाका कारण खेल १० ओभरमा घटाइएको छ। श्रृंखलामा नेपाल र युएईले शुरुका दुईमध्ये एक-एक खेल जितेका छन्। टी-२० श्रृंखलाको पहिलो खेलमा युएई २१ रनले विजयी भएको थियो भने दोस्रो खेल नेपालले चार विकेटले जित्दै श्रृंखला बराबरी गरेको थियो। युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले युएइविरुद्धको एकदिवसीय श्रृंखला जितेको छ।

    तीन खेलको श्रृंखलाको एकदिवसीयको पहिलो खेल हारेको नेपालले लगातार दोस्रो र तेस्रो खेल जितेर श्रृंखला जितेको थियो। एकदिवसीयमा नेपालले पहिलो खेल हारेर २–१ ले श्रृंखला जितेकाले टी-२० मा पनि सोही परिणाम निकाल्ने अपेक्षा गरिएको छ। आजको खेलमा विजय हाँसिल गरे नेपालले पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखला भित्र्याउनेछ। सन् २०१४ मा टी-२० विश्वकप खेलिसकेको नेपालले यसअघि नेदरल्यान्डस् र हङकङसँग टी-२० श्रृंखला खेले पनि जित्न सकेको थिएन।

    यो पनि पढ्नुहोस्

    टी–२० सिरिजः नेपाललाई इतिहास रच्ने ठुलो अवसर

    यूएईलाई ४ विकेटले पराजित गर्दै नेपाल विजयी, दीपेन्द्र र पवन उल्लेख्य भुमिका

    प्रतिक्रिया
    थप समाचार