Online Nepal सोमबार, बैशाख १७ २०८१

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै


मध्यान्तर
  • शनिबार, असोज ३० २०७८

  • काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्दैछ।

    साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ। तर भारत प्रतियोगिताको इतिहासमा सर्वाधिक सफल टिम हो ।

    खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे जानकारी दिएका थिए।

    प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए । कप्तान किरणले भने माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपालको साथ दिने आशा देखाए ।

    ‘माल्दिभ्स मेरो दोस्रो घर हो । यहाँ मैले दुई वर्ष टिसी स्पोट्र्स क्लबका लागि खेलेको थिएँ । मलाई यहाँ धेरैले चिन्नुहुन्छ । यहाँ खेल्न पाउँदा खुशी लागेको छ र आशा छ नेपालकै समर्थनमा आउनुहुनेछ । हामी इतिहास रच्न खेल्नेछौं’ उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार