Online Nepal सोमबार, जेष्ठ ७ २०८१

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक टमट्टा सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक टमट्टा सम्मानित


लाल बहादुर विक
  • बिहिबार, माघ २४ २०७५

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा सम्मानित भएका छन् । प्रशिक्षक टमट्टालाई उनको गृहनगर कैलालीको टिकापुर नगरपालिकाले नगदसहित सम्मान गरेको हो।

    नगरपालिकाले उनलाई नेपाली क्रिकेटको विकास र नेपाली क्रिकेटले पाएको ऐतिहासिक सफलतामा मुख्य भूमिका निर्वाह गरेको भन्दै प्रशिक्षक टमटालाई नगरपालिकाले ५१ हजार नगत सहित समान गरेको हो।

    नेपाललाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र टी २० अन्तर्राष्ट्रिय सिरिज जिताउन महत्वपूर्ण भुमिका खेकेका प्रशिक्षक टमटालाई बिहिबार नगदसहित सम्मानित गरेको हो।

    नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल र सुदूपश्चिम प्रदेशका सदस्य डा. रणबहादुर रावलले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार