Online Nepal सोमबार, जेष्ठ ७ २०८१
धनगढि प्रिमिएर लिग

धनगढी प्रिमियर लिगमा काठमाडौं विजयी

धनगढी प्रिमियर लिगमा काठमाडौं विजयी


मध्यान्तर
  • सोमबार, माघ २८ २०७५

  • काठमाडौं । धनगढी प्रिमियर लिगको पहिलो खेलमा काठमाडौं गोल्डेन विजयी भएको छ । गो.ल्डेन ४ विकेटले विजयी भएको हो ।

    धनगढी स्टार्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको काठमाडौंले ६ विकेट गुमाएर १ बल बाँकी रहदै गर्दा जितको लक्ष्य भेट्टाएको हो ।

    जितको लागि काठमाडौंका अंकित डाबसले २९, गौरव तोमरले २८, अनिल शाहले २४, ज्ञानेन्द्र मल्लले ३, सोनु तामाङले २, योगेन्द्र सिंह कार्कीले २ रन बनाए । त्यस्तै मोहम्मद आलम १२ र बिक्रम भुषाल १४ रन नटआउट रहे ।

    धनगढीका रोहन मुस्तफाले ४ तथा आमिर हायात र बिपिन खत्रीले समान एकरएक विकेट लिएता पनि त्यसले जित दिलाउन सकेन ।

    त्यसअघि धनगढीको फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन, सन्दीप रजालीले २८, र पवन सराफले १९ रन बनाएका थिए । यस्तै सुनिल धमलाले ३ र रोहन मुस्तफा ० रनमा पेभेलियन फकँर्दा सौरभ खनाल २५ र सोमपाल कामी ० रन नटआउट रहे ।

    धनगढीलाई १ सय ३२ मै रोक्नको लागि काठमाडौंँका नन्दन यादवले ३, ललित राजबंशी र अंकित दबासले समान एकरएक विकेट लिए ।

    प्लेयर अफ द म्याच काठमाडौंका अंकित दबास बने ।

    आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स भिड्नेछन् । फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार