Online Nepal बुधबार, जेष्ठ २ २०८१

ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय कायम नै रहन्छ : पुबुदु

ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय कायम नै रहन्छ : पुबुदु


मध्यान्तर
  • बिहिबार, पुष १५ २०७८

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायके ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय कायम नै रहने बताएका छन्। नेपाल फर्केको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै पुबुदुले आफूले सबै खेलाडी तथा क्रिकेट पदाधिकारीसँग सल्लाह गरेर मल्ललाई हटाउने क्यानको निर्णय कायम नै रहने अडान पाएको बताएका हुन्।

    ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै क्यानले केही साताअघि सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो। क्यानले सोही क्रममा उपकप्तान दिपेन्द्रसिंह ऐरी र खेलाडीहरु कमल ऐरी र सोमपाल कामीलाई पनि जिम्मेवारीबाट हटाएको थियो। क्यानले कप्तान मल्लसहित चार खेलाडीमाथि अनुशासनको कारबाही गरेको थियो। पुबुदुले कारबाही गर्न पाउनु क्यानको अधिकार क्षेत्र भएकाले यसमा कुनै परिवर्तन गर्नेबारे सम्भावना आफूले नदेखेको बताएका हुन्।

    ‘खेलाडीले खेल्ने वा नखेल्ने भन्ने कुनै प्रश्न नै यसमा आउँदैन, किनभने कारबाही गर्न पाउने क्यानको अधिकार हो।’

    उनले सोही क्रममा नेपालको ग्लोबल टिमका लागि ३० जनाको नाम शुक्रबारसम्म सार्वजनिक गर्ने पनि बताएका छन्।

     

    प्रतिक्रिया
    थप समाचार