Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

म सधैँ कप्तान हुन आएको पनि होइन, हुनैपर्छ भन्ने पनि छैन : ज्ञानेन्द्र मल्ल

म सधैँ कप्तान हुन आएको पनि होइन, हुनैपर्छ भन्ने पनि छैन : ज्ञानेन्द्र मल्ल


मध्यान्तर
  • मंगलबार, पुष २० २०७८

  • काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँ कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचको विवाद समाधानपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

    ‘म सधैँलाई कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि छैन। म पहिला पनि खेलिरहेको थिए अहिले पनि खेल्छु,’ उनले भने। यसअघि २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो। उनीहरूसँगै क्रिकेटर कमल सिंह ऐरी र सोमपाल कामीलाई पनि सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झोताबाट बाहिर राख्ने निर्णय गरेको थियो।

    मल्लले आफू पहिले पनि खेलिरहेको र अहिले पनि खेल्ने बताए। साथै, देशको लागि खेल्ने उदेश्य रहेको बताएका छन्। दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ।

     

    प्रतिक्रिया
    थप समाचार