Online Nepal सोमबार, जेष्ठ ७ २०८१

टी–२० महिला विश्वकपः एसिया छनोटमा आज नेपाल र मलेसियाविच पहिलो प्रतिश्पर्धा

टी–२० महिला विश्वकपः एसिया छनोटमा आज नेपाल र मलेसियाविच पहिलो प्रतिश्पर्धा


मध्यान्तर
  • मंगलबार, फाल्गुन ७ २०७५

  • काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

    सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल ८ बजेर १५ मिनेटमा सुरु भएको छ ।

    थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा छ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

    मलेसियाले भने आफ्नो पहिलो खेलमा सोमबार कुवेतलाई ६३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपाललाई पनि पराजित गर्ने लक्ष्यमा मलेसिया रहेको छ ।

    त्यस्तै, दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ भने २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्नेछ ।

    प्रतिक्रिया
    थप समाचार