Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

पुलिसलाई हराउँदै सशस्त्रले जित्यो प्रधानमन्त्री कपको उपाधि

पुलिसलाई हराउँदै सशस्त्रले जित्यो प्रधानमन्त्री कपको उपाधि


मध्यान्तर
  • बुधबार, माघ ५ २०७८

  • काठमाडौँ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

    एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार