Online Nepal सोमबार, जेष्ठ ७ २०८१
विश्वकप टी–२०

नेपालले बनायो विश्वकप छनोट क्रिकेटमा स्थान, युएईमाथि ७ विकेटको जित

नेपालले बनायो विश्वकप छनोट क्रिकेटमा स्थान, युएईमाथि ७ विकेटको जित


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १० २०७५

  • काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले विश्वकपमा आफ्नाो स्थान सुरक्षित गरेको छ । महिला टिमले आइसीसी महिला विश्वकप टी–२० क्रिकेटको एशिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा सनसनीपूर्ण प्रदर्शन गर्दै स्थान पक्का गरेको हो ।

    थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । ४२ रनको लक्ष्य नेपालले १०।२ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गरेको हो ।

    कप्तान रुबिना क्षेत्री बेल्बासीले १७ बलमा नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ रन बनाइन् । यसअघि सनसनीपूर्ण बलिङ गरेको नेपालले युएई लाई ४१ रनमै समेटेको थियो ।

    युएईले १७.३ ओभर खेलेर ४१ रन बनाएको थियो । चामनी सेनेभिरात्नले सर्वाधिक १३ रन बनाइन् । त्यसबाहेक कुनै पनि खेलाडीले डबल डिजिटको रन जोड्न सकेनन् ।

    पूर्व कप्तान नेरी थापाले ३.३ ओभर बलिङ गर्दै १ मेडेन राखेर ६ रन खर्चेर ४ विकेट लिइन् । त्यसैगरी सीता राना मगर, कविता कुँवर र सोनु खड्काले २–२ विकेट लिए । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा रहे पनि नेपाल पनि खेलमा फर्किएको छ ।

    अबका खेलमा राम्रो प्रदर्शन गर्न सके नेपाल शीर्ष स्थानमा पुग्न सक्नेछ । यसअघि नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग५७ रनले पराजित भएको थियो भने पहिलो खेलमा मलेशियालाई ३४ रनले हराएको थियो ।

    विश्वका सात राष्ट्ले भाग लिएको यस खेलको छनौट राउण्ड रोबिनको आधारमा हुने छनोट गरिने छ । पसाथै उक्त खेल विजेताले टिमले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने बताईएको छ ।

    प्रतिक्रिया
    थप समाचार