Online Nepal सोमबार, जेष्ठ ७ २०८१
आईसीसी टी–२० महिला विश्वकप

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट,आज हङकङसंग भिड्दै

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट,आज हङकङसंग भिड्दै


मध्यान्तर
  • आइतबार, फाल्गुन १२ २०७५

  • काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाली टोलीले आईतबार आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको छ ।

    थाइल्याण्डको बैंककमा भईरहेको खेलमा आज नेपालले आफ्नो चौथो खेलको रुपमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेर जित हात पारेको थियो । यस्तै, दोस्रो खेलमा थाइल्याण्डसंग ५७ रनले पराजित भएको थियो भने तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

    आजको खेल नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपालले हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमाछ ।

    अहिले नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने ६ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि ६ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि ६ अंक छ ।

    अब नेपालले २५ तारिखमा चीनसँग खेल्ने छ भने संगअन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

    प्रतिक्रिया
    थप समाचार