Online Nepal सोमबार, जेष्ठ ७ २०८१
आईसीसी वुमन्स टी–२०

हङकङमाथि नेपालको सहज जित, घातक बलिङले नेरीले लिइन् ६ विकेट

हङकङमाथि नेपालको सहज जित, घातक बलिङले नेरीले लिइन् ६ विकेट


मध्यान्तर
  • आइतबार, फाल्गुन १२ २०७५

  • आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोट अन्र्तगतको आईतबारको खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङमाथि सहज जित निकालेको छ । खेलमा नेपालले ६ विकेट लिएर सहज जित निकालेको हो ।

    नेपाललाई जिताउन नेरी थापाले घातक बलिङसँगै नेपालले ६ विकेट लिएकी थिईन् । सोहि विकेट नेपालका लागि जित बनेको हो । आजको खेलमा नेपालले हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ ।

    ६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन् । उनले खाता नै खोल्न सकिनन् ।

    इन्दु बर्मा र रुविना क्षेत्रीले चलिनन् । तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन् । दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन् । बेगम २४ रनमा आउट भइन् । बेगम आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो । तर, थप दुई विकेट गुमाएर ९ बल बाँकी छँदा भेट्टायो । सरिता मगर १६ रनमा अविजित रहिन् ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

    प्रतिक्रिया
    थप समाचार