Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा पीएनजीलाई दियो १६९ रनको लक्ष्य

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा पीएनजीलाई दियो १६९ रनको लक्ष्य


मध्यान्तर
  • सोमबार, चैत्र २१ २०७८

  • काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा पपुवान्युगिनी (पीएनजी)लाई जितका लागि १६९ रनको लक्ष्य पेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२/२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौं बलमा दीलिप नाथलाई बोल्ड गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार