Online Nepal सोमबार, जेष्ठ ७ २०८१

भारतलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा सिफारिस

भारतलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा सिफारिस


मध्यान्तर
  • बुधबार, फाल्गुन २२ २०७५

  • काठमाडौं । कुस्तीको अन्तर्राष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू)ले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई)सँग सम्वाद र सम्बन्ध तोड्न निर्देशन दिएको छ ।

    साथै भारतलाई ओलम्पिक वा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा सिफारिससमेत गरेको छ । हालै नयाँदिल्लीमा आयोजित सुटिङ्ग वर्ल्ड कप प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई भारतले भिसा नदिएको विरोधमा यू डब्ल्यू डब्ल्यूले यस्तो निर्णय लिएको हो । यसबाट भारतलाई झट्का लागेको विश्लेषण गरिएको छ ।

    गत १४ फेब्रुअरीमा काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानका सुटिङ खेलाडीहरुलाई भिसा दिन भारतले अस्वीकार गरेको थियो । पुलवा आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।भिसा प्रकरणपछि आईओसीले पुरुष २५ मिटर र्‍यापिड फायर पिस्तोल इभेन्टका दुई वटा ओलम्पिक कोटा रद्द गरिदिएको थियो ।

    यस विषयमा भारतीय कुस्ती महासंघका पदाधिकारीहरुबाट कुनै प्रतिक्रिया सार्वजनिक नभएको भारतीय मिडिया इन्डिया टुडेले लेखेको छ । किनभने यू डब्ल्यू डब्ल्यूको यो निर्देशनले भारतीय खेलाडीहरुमा कस्तो असर पर्दछ भन्ने कुराको लेखाजोखा भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार