Online Nepal सोमबार, जेष्ठ ७ २०८१

नेपालमा पहिलो पटक साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता, आज नेपाल र भुटान भिड्दै

नेपालमा पहिलो पटक साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता, आज नेपाल र भुटान भिड्दै


मध्यान्तर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • विराटनगर । नेपालमा पहिलो पटक साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र भुटानले प्रतिष्पर्धा गर्दै खेलको सुरुवात हुनेछ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमनत्री प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

    प्रतियोगिताको जानकारी दिन विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी मुलुकका कप्तानले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्दै उपाधिमा दाबेदारी पनि प्रस्तुत गरे।

    च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सको सहभागीता रहेको छ । पहिलोपटक महिला साफ आयोजनाको अवसर पाएको नेपालले प्रतियोगिता भव्य बनाउन विराटनगरस्थित सहिद रंगशालालाई नयाँपन दिएको छ।

    पत्रकार सम्मेलनमा सबै देशका प्रशिक्षक र कप्तानले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने बताए। महिला साफमा अहिलेसम्मकै शक्तिशाली मानिएको भारतले उपाधि रक्षा गर्ने हिसाबले तयारी गरेको जनाएको छ। चारपटक नै साफको उपाधि हत्याएको भारतकी मुख्य प्रशिक्षक मेमोल रोकीले उपाधिकै लागि आफूहरू नेपाल आएको बताइन्। उनले केही समयअघि भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालसँग बेहोरेको पराजयको नतिजा बिर्साउने र त्यसको बदला लिने दाबी पनि गरिन्।

    नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले उपाधि लक्ष्यसहित उच्च मनोबलका साथ प्रदर्शन गर्ने बताए। नेपाली टोलीकी कप्तान नीरू थापाले घरेलु मैदानको फाइदा उठाएरै छाड्ने दाबी गरिन्। उनले यसपटक नेपाललाई इतिहास रच्ने सुनौलो अवसर रहेको बताइन्। अन्य देशका प्रशिक्षक र खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए।

    च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन्। नेपालसँग भिड्नका लागि आतुर रहेको भुटानी टोलीले यसअघि नेपालसँग भएका कुनै पनि प्रतिस्पर्धामा सफलता भने पाउन सकेको छैन। घरेलु मैदान र यसअघि जित्न नसकेका कारण पनि भुटानमाथि जित निकाल्न त्यति गाह्रो नभएको नेपाली टिमको विश्लेषण छ।

    प्रतिक्रिया
    थप समाचार