Online Nepal सोमबार, जेष्ठ ७ २०८१

झण्डै दुईदशकको अन्तरालमा कुवेतसँग भिड्दै नेपाली फुटबल टिम

झण्डै दुईदशकको अन्तरालमा कुवेतसँग भिड्दै नेपाली फुटबल टिम


मध्यान्तर
  • बिहिबार, चैत्र ७ २०७५

  • काठमाडौं । झण्डै दुईदशकको अन्तरालमा नेपालले आज राती कुवेतसँग मैत्रीपूर्ण फुटबल खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपालले कुवेतसँग अली शाहव रंगशालामा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

    निकै लामो समयपछि नेपाल र कुवेत एक अर्कासँग आमने सामने हुने मौका मिलेपनि खेल नेपालको जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् । ‘हाम्रो लागि यो खेल निकै महत्वपुर्ण छ । हामी जितको लागि खेल्ने छौं ।’ गत महिनादेखि राष्ट्रिय टोली सम्हालेका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो खेल हो । मुख्य प्रशिक्षक कालिनका लागि यो परिक्षण पनि हो ।

    नेपाल र कुवेत करिब १९ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन् । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल कुवेतसँग ५–० ले पराजित भएको थियो ।

    मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले दोस्रो मैत्रिपूर्ण खेल आगामी मंगलबार खेल्नेछ ।

    नेपाली टोलीमा फरवार्डः रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा । मिडफिल्डरः रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ । डिफेन्डरः रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ र गोलकिपरः किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ रहेका छन्

    प्रतिक्रिया
    थप समाचार