Online Nepal सोमबार, जेष्ठ ७ २०८१

खुल्ला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

खुल्ला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा


मध्यान्तर
  • बिहिबार, बैशाख १२ २०७६

  • काठमाडौं । नयाँ बर्ष २०७६ सालको अवसर पारेर मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खुल्ला बास्केटबल प्रतियोगिता आयोजान गरेको छ । यहि बैशाख १३ गते बिहान ११ः००बजे अमृत साइन्स क्यापसको प्राङ्गणमा प्रतियोगिताको पहिलो खेल हुनेछ । प्रतियोगिताको राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतियोगितामा १६ समुहले भाग लिएका छन् । खेलमा पहिलो चरण खेल लिग र दोश्रो चरणको खेल नकाउट सिस्टममा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेल आयोजक समितिका सचिव संजय दवाडीले जानकारी दिए ।

    खेलका लागि प्रतिस्पर्धि समुहमा प्राइम कलेज, पब्लिकयुथ कलेज, पिपुल्स कलेज, अस्कल क्याम्पस (क), अस्कल क्याम्पस (ख), त्रिचन्द्र क्याम्पस, शंकरदेब क्याम्पस, टाइम्स क्याम्पस, गोल्डेनगेट क्याम्पस, ह्वाइटहाउस क्याम्पस, जेभियर्स इ.क्याम्पस, ग्रीनफिल्ड क्याम्पस, न्याथम क्याम्पस(क), न्याथम क्याम्पस(ख), काठमाडौ बिश्वविद्यालय र पोखरा बिश्वविद्यालय रहेका छन् ।

    उद्घाटन खेल अमृत साइन्स क्याम्पसमा हुनेछ । प्राइम क्याम्पस र गोल्डेनगेट क्याम्पसको हाताभित्र पनि प्रतियोगिता हुने तालिका रहेको छ ।

    समापन तथा पुरस्कार बितरण बैशाख १९ गते विशेष कार्यक्रमकाबिच सम्पन्न हुने आयोजकले जनाएको छ । ।

    प्रतिक्रिया
    थप समाचार