Online Nepal सोमबार, जेष्ठ ७ २०८१

खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताः दोस्रो दिन लिग चरणबाट बाहिरिए ४ समुह

खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताः दोस्रो दिन लिग चरणबाट बाहिरिए ४ समुह


मध्यान्तर
  • शनिबार, बैशाख १४ २०७६

  • काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको आज दोस्र दिन ८ समुहबिच प्रतिस्पर्धा भयो । प्रतिश्पर्धामा अस्कल क्याम्पस, पब्लिकयुथ क्याम्पस, प्राइम कलेज, शंकदेब कलेज, काठमाडौ बिश्वविद्यालय, सेन्ट जेभियर्स कलेज, त्रिचन्द्र कलेज र न्याथम कलेज सहभागि थिए । जसअन्तर्गत पहिलो खेल अस्कल र पब्लिकयुथबिच भयो भने दोस्रो खेल प्राइम र शंकदेबबिच प्रतिश्पर्धा भयो । उक्त प्रतिश्पर्धामा क्रमशः अस्कल र शंकदेब बिजयी भए । काठमाडौ बिश्वविद्यालय र सेन्ट जेभियर्स भएको तेस्रो खेलमा सेन्ट जेभियर्स कलेज बिजयी भएको छ भने त्रिचन्द्र कलेज र न्याथम कलेज बिच भएको अन्तिम खेलमा त्रिचन्द्र कलेज बिजयी भएको छ ।

    खेल १९ गते सम्म निरन्तर रुपमा चल्नेछ । १९ गते एक भब्य कार्यक्रम बिच उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको छ । प्रथम पुरस्कर नगद राशी १ लाख ११ हजार रुपैंयाँ, द्वितीय पुरस्कार ५५ हजार ५ सय रुपैंयाँ रहेको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार