Online Nepal सोमबार, जेष्ठ ७ २०८१

खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको आज तेस्रो दिन ८ टिमबिच प्रतिस्पर्धा

खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको आज तेस्रो दिन ८ टिमबिच प्रतिस्पर्धा


मध्यान्तर
  • आइतबार, बैशाख १५ २०७६

  • काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको आज तेस्रो दिन ८ टिमबिच प्रतिस्पर्धा भएको छ । आज भएको लिग चरणको खेलबाट ४ समुह बाहिरिएका छन् । जसमा पहिलो खेल गोल्डेनगेट कलेज र पब्लिकयुथ कलेजको बिच भएको थियो । उक्त खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ । दोस्रो खेलमा ह्वाइट हाउस कलेज र काठमाडौं विश्वविद्यालयबिच भयो । खेलमा ह्वाइट हाउस कलेज बिजयी भयो भने टाइम्स कलेज र न्याथम (क) बिच भएको तेस्रो खेलमा टाइम्स कलेज बिजयी भएको छ । त्यस्तै प्राइम कलेज र न्याथम (ख) बिच भएको अन्तिम खेलमा प्राइम कलेज बिजयी भयो ।

    खेल १९ गते सम्म निरन्तर रुपमा चल्नेछ १९ गते एक भब्य कार्यक्रम बिच उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको आयोजक कमिटीको सचीव सन्जय दुवाडीले जानकारी दिए । प्रथम पुरस्कर नगद रासी १११०००, द्वितीय पुरस्कार ५५५०० रहेको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार