Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मदन भण्डारी स्पोर्ट्स खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको लिग चरण सम्पन्न

मदन भण्डारी स्पोर्ट्स खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको लिग चरण सम्पन्न


मध्यान्तर
  • सोमबार, बैशाख १६ २०७६

  • काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत पहिलो सत्रको लिग चरणको अन्तिम खेल आज सम्पन्न भएको छ । आजको खेलमा ४ टिमबिच प्रतिस्पर्धा भएको थियो । जसमा पहिलो खेल गोल्डेनगेट कलेज र अस्कल कलेजको बिचको खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ । शंकरदेब कलेज र न्याथम (ख) बिच भएको खेलमा शंकरदेब कलेज बिजयी भएको छ ।

    प्रतियोगिता अन्तर्गत भोलि १७ गते क्वाटर फाइनल खेल हुनेछ भने पर्सि १८ गते सेमिफाइनल र १९ गते फाइनल खेल हुने छ । १९ गते एक भब्य कार्यक्रम बिच उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको आयोजक कमिटीका सचीव संय दुवाडिले जानकारी दिए । प्रतियोगिताको बिजेताहरुलाई प्रथम पुरस्कर नगद राशी १ लाख ११ हजार र द्वितीय पुरस्कार ५५ हजार ५ सय रुपैंयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार