Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मदन भण्डारी स्पोर्ट्स खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताका ४ टिम सेमिफाइनलमा प्रवेश

मदन भण्डारी स्पोर्ट्स खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताका ४ टिम सेमिफाइनलमा प्रवेश


मध्यान्तर
  • मंगलबार, बैशाख १७ २०७६

  • काठमाडौं । राजधानिमा जारी मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको आज क्वाटर फाइनल खेल सम्पन्न भएको छ । लिग चरणबाट छानिएका विजयी समुह क्वाटर फाइनलमा प्रवेश गरेका थिए । जस अन्तर्गत क्वाटर फाइनल चरणको अन्तिम ४ खेलमा ८ समुहको प्रतिस्पर्धा भयो ।

    जसमा गोल्डेनगेट कलेज र ह्वाटहाउस कलेजकोबिच भएको पहिलो खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ । दोस्रोमा शंकरदेब कलेज र त्रिचन्द्र कलेज बिच भएको खेलमा शंकरदेब कलेज बिजयी भएको छ भने प्राइम कलेज र टाइम्स कलेज बिच भएको तेस्रो खेलमा टाइम्स कलेज बिजयी भएको छ । त्यस्तै अस्कल कलेज र जेभियर्स इन्टरनेशनल कलेजको चौथो खेलमा जेभियर्स कलेज बिजयी भएको छ ।

    आजका बिजेता समुह नै भोलि १८ गते हुने सेमि फाइनल खेलमा प्रतिश्पर्धा गर्नेछन् । खेलको फाइनल प्रतिश्पर्धा १९ गते हुनेछ भने सोहि दिन एक भब्य कार्यक्रम बिच उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको छ ।

    बिजेता समुहलाई प्रथम पुरस्कार नगद राशी १ लाख ११ हजार रुपैंयाँ र द्वितीय पुरस्कार ५५ हजार ५ सय रुपैंयाँ रहेको आयोजक कमिटीक सचिव संजय दुवाडिले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार