Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ भर्न आज अन्तिम दिन

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ भर्न आज अन्तिम दिन


मध्यान्तर
  • बिहिबार, पुष २ २०७७

  • काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ भर्न आज बिहीबार अन्तिम दिन हो । कम्पनीले मंसिर २९  गते सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

    ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । बुधबारसम्म ८ लाख ७३ हजार ७९ आवेदकबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बुधबार माग भन्दा ४ गुणा बढी आईपीओमा आवेदन परेको छ ।

    प्रतिक्रिया
    थप समाचार