Online Nepal शनिबार, जेष्ठ ५ २०८१

शिक्षा विधेयक संसदमा दर्ता

शिक्षा विधेयक संसदमा दर्ता


मध्यान्तर
  • बुधबार, भाद्र २७ २०८०

  • काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । आज बिहान उक्त विधेयक संसदमा दर्ता भएको हो ।

    संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको झन्डै आठ वर्षपछि विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

    विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसदमा पुगेको प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    उक्त विधेयक हिजो राति १० बजेबाट बिहान १ बजेसम्म प्रिन्ट गरिएको थियो । प्रिन्ट पश्चात् संसदमा दर्ता गरेको स्रोतले बतायो । स्रोतका अनुसार हिजै संसदमा दर्ता गर्ने भनिए पनि प्राविधिक कमजोरी र प्रिन्टको ढिलाइले आज बिहान दर्ता गरिएको छ ।

    सबै कानुनी प्रक्रिया मिलाएर आजै संसदमा दर्ता भएको गिरीले बताए । उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार