काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ।
वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरि वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘म्यानपावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरि कार्यदल गठन गरिएको हो।