काठमाडौं । नवलपरासीको गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्।
गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी छन्। गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा उनीहरूको मृत्यु भएको हो।
बेपत्ता दुवैको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।