Online Nepal शनिबार, बैशाख २२ २०८१

बैंकमा अधिक तरलता हुनु राम्रो : गभर्नर

बैंकमा अधिक तरलता हुनु राम्रो : गभर्नर


मध्यान्तर
  • मंगलबार, भाद्र २३ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको यो अवस्थामा तरलता पर्याप्त हुनु सकारात्मक भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग भर्चुअल बैठकमा उनले तरलतासँग नआत्तिन  र नडराउन आग्रह गरे ।

    राष्ट्र बैंकले मंगलबार नै जारी गर्ने एकिकृत निर्देशनका विषयमा छलफल गर्न बैंकका सीईओहरुसँग गभर्नर अधिकारीले   भर्चुअल बैठक  डाकेका थिए । छलफलमा बाणिज्य बैंकहरुका मात्रै होइन अन्य विकास बैंक तथा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागिता थियो । अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृतहरु आफै सहभागी थिए भने केहिका डेपुटी सीईओहरु उपस्थित  थिए  ।  बैठकमा बाणिज्य बैंकको तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल, बिकास बैंकको तर्फबाट डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकाल र  फाइनान्स कम्पनीहरुको तर्फबाट वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले आफ्नो धारणा राखेका थिए ।

    सबैले आफ्नो भनाइमा  प्रमुख समस्या कोभिडका कारण उत्पन्न परिस्थिति नै थियो । कर्जा लगानी ठप्प हुँदा निकै समस्यामा परेको उनीहरुले सुनाए । तरलता धेरै थुप्रिएको विषयमा सीईओहरुले गभर्नरलाई अब के गरौं भनेर सोधेका थिए । अब आउने एकिकृत निर्देशनले बैंकलाई पनि केही सहजता प्रदान गर्नुपर्ने   सिइओहरु  को धारणा थियो , ‘बैंकहरु पनि बच्नु पर्छ, आफूले बचेर नै अरुलाई बचाउनु पर्छ भन्ने  भनाइ  थियो ।’

    तीनै जना सीईओहरुले एक प्रकारको बैंकको मात्रै नभई समग्र बैंक तथा वित्तीय संस्थाकै हित हुनु पर्ने किसिमको सुझाव दिएका छन् । सीईओहरुको कुरा सुनिसकेपछि गभर्नर महाप्रसाद अधिकारीले तरलताको विषयलाई लिएर धेरै चिन्ता गर्न नहुने बताए । यस्तो महामारीका बेला तरलता अभाव हुनुभन्दा पर्याप्त भएकै राम्रो हुने उनको धारणा थियो ।अहिले अधिक तरलता नभएको भएन झन गाह्रो हुने थियो’ अधिकारीले भने, ‘आत्तिनु पर्दैन, यसको समाधान चाँडै हुन्छ ।’

    एक सीईओका अनुसार भर्चुअल संवादमा गभर्नर अधिकारीले सुरुमा आफ्नैबारे यथेष्ट चर्चा गरे । आफू लामोसमय केन्द्रीय बैंकमा रहेको र बैंकलाई के गर्नु पर्छ भन्ने बुझेकाले काम गर्न सहज भएको दावी उनले गरे ।

    ‘गभर्नर सा’पले प्रधानमन्त्रीज्यूकै शैलीमा मैले यो गरे उ गरे, अझै यो गर्छु त्यो गर्छु भनेर गफ जोत्नुभयो,’ ती सीईओले सुनाए, ‘शैली प्रधानमन्त्रीको भए पनि दम्भ भने देखाउनुभएन, छलफलबाटै निर्णयहरु लिने बताउनुभयो ।’

    गभर्नर अधिकारीले अनुशासित भएर काम गर्न बैंकहरुलाई निर्देशन समेत  दिए । बैंक–बैंकबीच अस्वस्थ प्रतिस्पर्धा नगरी सौहार्दपूर्ण र अनुशासित व्यवहार हुनुपर्नेमा उनको जोड थियो ।बैंक–बैंकबीच ऋणी तानातानको विषयमा बाहिर चर्चा भएपछि गभर्नर सीईओहरुसँग रिसाउछन् कि भन्ने आशंका पनि थियो । तर, उनी नरमरुपमै प्रस्तुत भएको अर्का सीईओ बताउँछन् ।

    प्रतिक्रिया
    थप समाचार