Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि


मध्यान्तर
  • बिहिबार, असार ३१ २०७८

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से  परिसूचक ११.३३अंकले बढेर २८८३.३८ अंकमा पुगेको छ । यस्तै  यश दिन कारोबार रकममा पनि निकै सुधार देखिएको छ ।

    बिहिबार २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ लाख भन्दा धेरै भयो । बुधबार पाँच अर्ब ६५ करोडको मात्रै सेयर खरिद-बिक्री भएको थियो ।

    बिहीबार ९ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, फाइनान्स, जलविद्युत्, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बिमा तथा व्यापार उपसमूहमा हरियाली छायो ।

    ङादी पावर ग्रूपको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढ्यो भने १०.३५ प्रतिशतको कृषि विकास बैंकको डिबेन्चरको मूल्य ३.९० प्रतिशतले घट्न पुग्यो ।
    बिहिबार ङादीसँगै रैराङ हाइड्रोपावर, गणपति माईक्रो फाइनान्सका लगानीकर्ता बजारबाट उच्च प्रतिफल पाए । बिहीबार गोर्खा फाइनान्स कम्पनीको सबैभन्दा धेरै ३६ करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।

    प्रतिक्रिया
    थप समाचार