Online Nepal बिहिबार, बैशाख २० २०८१

एक वर्षमा ३ अर्बको फलफुल

एक वर्षमा ३ अर्बको फलफुल


मध्यान्तर
  • बुधबार, फाल्गुन ८ २०७५

  • काठमाडौं । नेपालमा एक वर्षमा ३ अर्ब बराबरको फलफुल नेपाल भित्रिएको छ । सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहेको वर्तमान अवस्थामा फलफुल आयातमा भने बृद्धि हुदै गएको अवस्था छ ।

    यो वर्षमा नेपालमा फलफुल आयात ६० प्रतिशतले बृद्धि भएको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ ।

    सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ । फलफूल उत्पादन बढाउन नसक्दा आयात बढेको हो । मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार टन आयात भएको थियो ।

    राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालमा फलफूल खानेको संख्या बढेकोले आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । यो समाचार दिआजको नागरिक दैनिकमा छापिएको छ ।

    प्रतिक्रिया
    थप समाचार