Online Nepal मंगलबार, बैशाख २५ २०८१

यूरोपेली प्रविधिको रोवो ल्याव प्रणालीबाट उत्पादित रिद्धिसिद्धि सिमेन्ट बजारमा

यूरोपेली प्रविधिको रोवो ल्याव प्रणालीबाट उत्पादित रिद्धिसिद्धि सिमेन्ट बजारमा


मध्यान्तर
  • सोमबार, चैत्र २५ २०७५

  • काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धिसिद्धि सिमेन्टको बजारमा औपचारिक सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहमा दुबै समूहका अध्यक्ष शंकरलाल अग्रवाल र शोभाकर (हरि) न्यौपानेको उपस्थितीमा उक्त सिमेन्ट सार्वजनिक गरिएको हो ।

    सिमेन्ट विश्वकै सर्वोत्कृष्ट युरोपेली प्रविधिबाट उत्पादन हुने रिद्धिसिद्धि सिमेन्ट प्रालिका निर्देशक आनन्द नेपालले जानकारी दिए । उनले भने– ‘‘देशमा सर्वोत्कृष्ट प्रविधियुक्त प्लान्टमार्फत उच्चस्तरको सिमेन्ट उत्पादन गर्दै नेपाली बजारमा गुणस्तर सिमेन्टको नयाँ मापदण्ड खडा गर्ने हाम्रो लक्ष्य छ ।’

    उनले नेपालमै पहिलो पटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजिङ लगायत प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भिआरएम) सेन्ट्रल कन्ट्रोल रुमबारे प्रष्ट पारेका थिए ।

    यसैगरी, अम्बे ग्रुपका अध्यक्ष शोभाकर ९हरि० न्यौपानेले दुई प्रतिष्ठित समूहबीचको सम्बन्ध र सहकार्यका बारे जानकारी दिएका थिए । यस सिमेन्ट प्रालिको स्थापना २०७३ सालमा भएको हो । कम्पनीले हेटौंडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार