Online Nepal शनिबार, बैशाख २२ २०८१

युवा बचतले ल्यायो त्रिबर्षीय रणनीति

युवा बचतले ल्यायो त्रिबर्षीय रणनीति


मध्यान्तर
  • सोमबार, साउन २० २०७६

  • भक्तपुर । युवा बचत तथा ऋण सहकारीले आर्थिक बर्ष २०७६ देखी ०७९ सम्मको त्रिबर्षिय रणनीतिक योजना तयार पारेको छ । संस्थाले गत शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको सञ्चालक, समिति–उपसमितिहरुको भेलाले आब २०७५/०७६ को आय–व्यय विबरण तथा बार्षिक प्रगती प्रतिवेदन र ०७६/०७७ को प्रस्तावित बजेटको छलफल एवं समिक्षा समेत गरेको छ ।

    संस्थाले ‘सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट वित्तिय सेवामा समर्पित सहकारी’को परिकल्पना तय गरी आगामी तीन बर्षभित्रमा कुल कारोवार ७० करोड पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिए । उनले कार्यक्षेत्रभित्रका समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक बिकासका लागि समयानुकुल बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गरी समुदायको जीवन उत्थानका लागि कार्य गर्ने लक्ष्य संस्थाले लिएको बताए ।

    आब ०७५/०७६ सम्ममा ३ हजार ७ सय १० सदस्य रहेको संस्थामा तीन बर्षभित्रमा ५ हजार सदस्य बढाउने योजना रहेको सचिव सोम शर्मा (बजगाईं)ले जानकारी दिए । संस्थाको शेयर पूँजि, निक्षेप संकलन, ऋण लगानी, संस्थागत तथा जनशक्ति विकास, क्षमता अभिबृद्धी, भाखा नाघेको ऋण व्यबस्थापन, समयानुकुल नीतिहरु संशोधनलगायतका बिषयको योजना निर्माण गरिएको सचिव बजगाईले बताए ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा सुपरिवेक्षण समिति संयोजक जयराम बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, व्यवस्थापक बिनोद लामिछानेलगायतले संस्थाको रणनीतिक योजनाले संस्थालाई मार्ग निर्देशन गरी गन्तव्य पहिल्याउन मद्दत पुग्ने बताए ।

    प्रतिक्रिया
    थप समाचार