Online Nepal सोमबार, बैशाख १७ २०८१

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति


मध्यान्तर
  • बिहिबार, भाद्र २५ २०७७

  • काठमाडौं । पछिल्लो समय खुलेको इन्स्योरेन्स कम्पनी जनरल इन्स्योरेन्स कम्पनी (GIC) लाई नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले ३० कराेड रूपैयाँ बराबरकाे ३० लाख कित्ता आईपीओ निष्काशन गर्न बुधबार अनुमति पाएको हो।कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमिति पाएको हाे। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले सेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई  यसअघि नै नियुक्त गरीसकेको छ।

    प्रतिक्रिया
    थप समाचार