यता आमा राेइ रहे छिन् छाती पिटीपिटी,
उता बाबा निशब्द छन् घाँटी घिटी घिटी ।
छाेराे परदेशमै दुःख गर्छ ज्यान बेची बेची,
गाइने विरही गीत गउछ सारङ्गी रेटी रेटी ।
बाआमालाई साहु आई बिनाकाम दिन्छ दुःख,
दुःखीयाकाे कर्मै यस्तै रैछ कहीँ पाइन सुख,
श्रीमती र छाेराछाेरी छिट्टै घर आउ भन्छन् ,
बाआमा सधैँ छाेरा आउने दिन गनि बस्छन् ।
बाआमाले लिदै नलेकाे ऋणको बन्छ धेरै बही,
झुत तमसुकमै गर्नु पर्ने गरीब दुःखीले सही,
साेझा, निमुखा, असहाय, पीडितलाई नै हेप्ने,
गल्ती नगरेकाे झुटाे मुद्दामा पाे तारिख खेप्ने ।
दैव पनि कस्ताे निष्ठुरी घरबारी बगाइ दिने,
भएभरकाे सम्पत्ति नि साहु आइ भगाइ लिने,
बाेल्नेकाे पीठो बिक्छ नबाेल्ने पर्या छ मर्का ,
सुकुम्बासी भए पछि कहाँ बसे हाेलान् घर्का ।
जीवन परदेशमै बित्यो पाइन हाँसी रमाउन,
सकिन जहान परिवार घुमाइ हात समाउन,
नत सक्याे जीवन भरलाई हुने धन कमाउन,
मन थियाे तीन पुस्ता पुग्ने सम्पत्ति जमाउन ।
सरकार मस्ती गर्ने जनता झुक्याइ झुक्याइ,
दलाल देश बेच्ने सत्य नक्सा लुकाइ लुकाइ,
नेता भ्रष्ट धनी बन्ने पैसा कुम्ल्याइ कुम्ल्याइ,
राज्य सत्ता टिकाउने प्रजा उम्ल्याइ उम्ल्याइ ।
देशको हालत यस्तै नै छ म दुःख पोखौ कहाँ,
आउ सबै गरीब दुःखी मिली सुख खोजौ यहाँ,
युवाको पीर व्यथा कसले लिने हो सोधी सोधी,
अब युवाबाटै असल नेतृत्व छानौ खोजी खोजी ।