Online Nepal बुधबार, बैशाख १२ २०८१

……के म साच्चै नामर्द शिक्षक हुँ त ?

……के म साच्चै नामर्द शिक्षक हुँ त ?


इन्द्र प्रसाद पाण्डे
  • शनिबार, असोज ३ २०७७

  • कविः इन्द्र प्रसाद पाण्डे

    तिमी नेता बन्यौ बाबू तर मैले नेतृत्व सिकाउन भुलेंछु ।
    तिमी व्यापारी बन्यौ, मैले व्यापारिक बनाउन बिर्सेंछु ।
    मलाई माफ गर,
    तिमीले अन्तै ध्यान दिएको बेलामा
    मैले भ्रस्टाचार नगर्नु भनेर सिकाएँछु ।
    तिमीलाई तयारै नगराई शिष्टाचारको पाठ पढाएँछु ।
    तिमी कक्षामा अनुपस्थित भएको दिन नै हुनुपर्छ ,
    नागरिकको कर्तव्य भन्ने पाठ घोकाएँछु ।
    तिम्रो बाबाले भिकारीलाई लखेटेर मज्जा लिएको दिन,
    बाबाको पराक्रम देखेर तिमी खुसी भएको दिन,
    त्यै दिन परेछ कि क्या हो……
    मैले परोपकार भन्ने पाठ घोकाएको दिन ।
    माफ गर मलाई ११११
    मैले तिमिलाई सदाचारी बनाउन सकिन ।
    मैले तिमिलाई इमान्दार नेता बनाउन सकिन ।
    सच्चा र लोभ नभएको ठेकेदार बनाउन सकिन ।
    देशको माया गर्न सक्ने नागरिक बनाउन सकिन ।
    गोबिन्द के.सी. जस्तै डाक्टर बनाउन सकिन ।
    रबि लामिछाने जस्तो पत्रकार बनाउन सकिन ।
    कृष्ण कडेल जस्तो परोपकारी बनाउन सकिन ।
    न त धुर्मुस (सिताराम कट्टेल) जस्तो बिकासप्रेमी बनाउन सकें ।
    न त कुलमान जस्तो कर्मचारी बनाउन सकें ।
    मलाई माफ गर शिष्य
    मैले त तिमिलाई बेकुफ बनाएँछु ।
    त्यसौले त नेपाल आमाले मलाई धिकारिरहेकी छन् ।
    एउटा व्यक्तिलाई पनि योग्य बनाउन नसक्ने त जस्तो नामर्द शिक्षक भनेर ……

    २०७७/०६/०२

    प्रतिक्रिया
    थप समाचार