Online Nepal शुक्रबार, बैशाख १४ २०८१

दोस्रो विश्व युद्धमा भाग्यले बाँचेका दुई नायक– ९८ बर्षीय बलबहादुर बस्नेत र ९६ बर्षीय त्रिलोक सिंह थापाको बर्णन

दोस्रो विश्व युद्धमा भाग्यले बाँचेका दुई नायक– ९८ बर्षीय बलबहादुर बस्नेत र ९६ बर्षीय त्रिलोक सिंह थापाको बर्णन


मध्यान्तर
  • बिहिबार, असोज २९ २०७७

  • –दीर्घराज प्रसाई

    २०७६ साल भदौंको अन्तिम साता ‘दोस्रो विश्वयुद्धका जिउँदो युद्धबन्दी बलबहादुर बस्नेत’ बारेको किताव विमोचान गर्ने भनेर पूर्व जर्नेल पे्रमसिंह बस्नेतबाट निमन्त्रण आयो । त्योदिन साह्रै व्यस्त थिए । तर त्यत्रो ठूलो कार्यक्रम छोड्न सकिन र समयमा नैं आर्मी क्लवमा उपस्थित भएँ । अगाडि बस्नु भनेपछि म अगाडि बसिरहेको ४।५ मिनेटपछि एकजना बृद्ध आउनु भयो । उहाँलाई परैबाट डोहो¥याउदै अगाडिको सिटमा राख्न लागेकोबेलामा पछाडिको सिटबाट म उठेर उहाँको अभिवादन गर्न पुगें ।

    मैले नमस्कार भनेर के भनेको थिएँ–उहाँले ओः दीर्घराज प्रसाई, म तपाईलाई चिन्छु भन्दा म त आकाशबाट खसेको जस्तो भए । मैलेता पुरा बिर्सेको थिएँ । उहाँले मलाई भन्नु भयो– द्रोण शम्सेरको घर थापाथलीमा हाम्रो कति भेट्हुन्थ्यो । म त छक्क परेर सोधें– हजूरको शुभनाम ? उहाँले भन्नु भयो त्रिलोक सिंह थापा । मैले राम राम भनेर बोले ए हजूर त्योबेला २०३६।३७ सालतिर द्रोण शम्सेरजीको घरमा डीपी अधिकारी, हजूर, म, हिरालाल विश्वकर्मा बहुत लगभग हप्ता शप्तामा भेटिन्थ्यौं ।

    डीपीजी, द्रोण शम्सेर, हिरालाल र म त्योबेला सांसद थियौं । जनमत संग्रहमा वूर्व झापादेखि बिरगञ्जसम्म पञ्चायती व्यवस्थाको पक्षमा जनतालाई संझाउन हामीहरु सक्रिय भएर हामी लागेका थियौं । त्योबेला त्रिलोकसिंह थापा पनि त्यही आउनु हुन्थ्यो । एु भगवान आज कसरी जुरेछ हाम्रोे भेट्न हुन ? शुरुमा मेरो सिटको पल्लाछे उमा सेतै कपाल फूलेको व्यक्ति देखें । उहाँ बुढो जस्तो लागेर सोधें– तपाई कतिबर्षको हुनुभयो ? उहाँले २०१६ सालमा जनमेको भन्नु भयो । उहाँ त मभन्दा धेरै कान्छो हुँनुहुदोरहेछ ।

    पछि त्रिलोकसिंह थापा आएपछि उहाँ पनि उहाँकै छेउमा पुग्नु भयो । यसो हेरें– त्रिलोक सिंहले मेरो छोरा भन्नु भयो । त्योदिन बितेका दिनको साहैं याद आयो । केहीछिनपछि कुप्रो अवस्थाका ९८ बर्षिय बलबहादुर बस्नेतलाई समातेर अगाडिको आसनमा राखियो । उहाँको नाममा मनक्षेत्री सागरले लेख्नु भएको पुस्तक विमोचन गर्ने कार्यक्रम थियो ।

    विमोचित पुस्तक पढिसकेपछि यस्तो लाग्यो मानिसलाई कस्तो कस्तो खतरनाक परिस्थितिँग जुध्नु पर्दोरहेछ । आफ्रनो समर्पण र कर्तव्यपरायणताको आधरमा नेपाली सेना विश्वमा प्रख्यात छ । नेपाली सेना नेपालको सार्वर्भौमसत्ताप्रति वफादार रहिरहने एक स्थापित संगठन हो । दोस्रो विश्वयुद्धमा नेपाली सेनाबाट भएको योगदान विश्वभरी गोर्खा आर्मीको नाममा चिनिन्छ । दोस्रो विश्वयुद्धमा ब्रिटिस गोर्खामा भर्ना भएर भाग्यले बाँचेका ९८ बर्षीय बलबहादुर बस्नेत अझै बोल्न सक्छन् ।

    जापानी फौजबाट कब्जा गरेर उनलाई युद्धबन्दीको रुपमा राखिएको थियो । कैयौं गोर्खा फौजलाई टाउकामा काठमा किला ठोकेर मारिएको उनकै आँखाले देखेको कुरा पुस्तुकमा प्रस्तुत छ । तर उनी जापानी फौजलाई सेवा पु¥याएको प्रभावले बाँचेकै थिए । पछि अमेरिकाले हिरोसिमा र नागाशाखीमा एटमवम हानेपछि जापान हारेपछि उनलाई युद्धबन्दीबाट छोडेर जापानी फौज फर्केकाले बाच्न सकेका हुन् । उनी भन्छन्– जापानी सेना जस्तो क्रु्रर बेलायती सेना नहुँदोरहेछ । त्यस्तै जापानसँग युद्धमा भिड्दै रंगुन पुगेका ९५ बर्षीय त्रिलोकसिंह थापालाई दोस्रो विश्वयुद्धका सबै घटना ताजा छन् । उनी पनि परिस्थितिले बाँच्न सकेका हुन् ।

    नेपाली सेनाले अत्यन्तै कठिन परिस्थितिमा पनि नेपालको छविलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उज्वल राख्न सफल भईरहेकोमा बिगत केही समयदेखि सेनामा विदेशीहरुको अनावश्यक हस्तक्षेप हुन लागेको अवस्थालाई बुझेर नेपाली सेनाले समयमा होसियारकासाथ नकार्न सक्नुपर्छ । सेनाहरु राष्ट्रको साझा सम्पत्ति हो र त्यसको रक्षा गर्नु हामी सबै देशवासीको धर्म हो । गोर्खा फौज भनेर चिनिएको नेपाली सेनालाई विश्वका राष्ट्रहरुले सम्मान गर्छन् । दोस्रो विश्व युद्धको बेला जर्मनीका सम्राट काइजर उलियम दिद्वियले भनेका थिए– ‘म मेरा प्यारा सेनाहरु संसारमा जहाँ पनि पठाउँछु तर म गोर्खालीसँग डराउँछु । यदि कुनै मान्छे मर्नलाई डराउँदैन भने कि उसले ढाँटेको हुनुपर्छ नत्रभने त्यो गोर्खाली हुनुपर्छ ।’

    ओसामा वीन लादेनले भनेका थिए– ‘यदि मसँग गोर्खा भएको भए–अमेरिकालाई खाइृदिन्थे । जर्मनीका हिट्लरले भनेका थिए– ‘मसँग गोर्खा भएका भएका भए संसारका सेनाले मलाई हराउन सक्तैन थिए ।’ एक पाकिस्तानी जर्नेलले भनेका थिए– ‘मसँग गोर्खाली सेना हुँदाहुनता मेरो डिनर नयाँ दिल्लीमा हुन्थ्यो ।’ भारतका पूर्व सेना प्रमुख फिल्ड मार्सल सम मनेकसावले भनेका थिए कि वीर गोर्खाको सम्मान नगरी बस्न सकिदैन । यसरी नेपाली सेनाको विश्व प्रख्यातीको तथ्य हो– राजनीतिक रुपमा टठस्त रहनु र उसको एक मात्र उदेश्य हो– आफ्नो देशलाई खतरा परेको अवस्था ज्यानको बाजी थापेर देशलाई बचाउनु ।

     

    प्रतिक्रिया
    थप समाचार