Online Nepal मंगलबार, बैशाख २५ २०८१

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड


मध्यान्तर
  • बिहिबार, असार ३१ २०७८

  • काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ ।  बिहीबार बानेश्वरको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

    बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ ।

    माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् । त्यस अनुसार बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर पाएनन् ।

    कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार