Online Nepal मंगलबार, बैशाख २५ २०८१

तराई अलग गराउने ढोका अब बन्द भयोः प्रचण्ड

तराई अलग गराउने ढोका अब बन्द भयोः प्रचण्ड


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०७५

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश–२ लाई छुट्याउने ढोका बन्द भएको बताएका छन्।

    संघीय समाजवादी फोरम नेपाललाई सरकारमा भित्र्याउन गरिएको निर्णय सरकार र प्रदेशका लागि नै महत्वपूर्ण रहेको उनले बताए।

    सरकारमा फोरमको सहभागितासँगै प्रदेश–२ छुट्याउने षडयन्त्रको ढोका बन्द भएको उनले बताए। पोखराबाट लेखिएको यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

    पोखरामा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रदेश–२ (तराई) लाई छुट्याउने प्रयास भएकामा अब त्यो प्रयास बन्द भएको दाबी गरे।

    ‘प्रदेश २ लाई छट्याउन सकिन्छ कि भन्ने चलखेल भएको थियो,’ उनले भने, ‘तर, अब प्रदेश २ लाई अरू प्रदेशको स्थितिबाट अलग बनाउने सपना पूरा हुने छैन।’

    प्रतिक्रिया
    थप समाचार