Online Nepal मंगलबार, असार ३० २०८३

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित


मध्यान्तर
  • मंगलबार, असार ३० २०८३

  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा विभिन्न कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् ।

    मंगलबारको बैठकमा तीनवटा छुट्टाछुट्टै सरकारी निकायका वार्षिक प्रतिवेदनहरू पेस गरिएका छन् । संसद्को नियमअनुसार ती प्रतिवेदनहरूलाई बैठकसमक्ष प्रस्तुत गरिएको हो ।

    यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले समसामयिक विषय तथा मन्त्रालयगत योजनाहरूका बारेमा संसद्लाई जानकारी गराउँदै विशेष सम्बोधन गरेका थिए ।

    भोलि बस्ने बैठकमा अन्य नियमित कार्यसूची तथा विधेयकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार