काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ । यस्तै पूर्वमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ
जिल्ला अदालत काठमाडौँले मंगलबार सजाय निर्धारण गरेको हो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोकेको हो।
ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।
जम्मा एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो।
खाँणलाई पनि सोहि एकीकृत कसुरमा २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको हो।