Online Nepal सोमबार, बैशाख २४ २०८१

लोकप्रिय सरकारको विरुद्धमा लेख्ने पत्रकार र मालिकलाई विभूषण दिइयो

लोकप्रिय सरकारको विरुद्धमा लेख्ने पत्रकार र मालिकलाई विभूषण दिइयो


मध्यान्तर
  • आइतबार, असोज ३ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विरोध गर्ने मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    उनले संविधान दिवसको दिनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
    “जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्नेलाई सम्मानित ” ओलीको भनाइ थियो, “दुई चार जना छुटेको जस्तो लाग्यो तर नाम भन्दिन ।”

    “मुद्दा जिताइदिने हराइदिने, आँखामा पट्टी बाँध्ने । आँखामा पट्टी बाँधे पनि तराजु त छामे पनि देखिन्थ्यो,” ओलीले भने ।

     

     

    प्रतिक्रिया
    थप समाचार