Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माको नयाँ प्रस्ताव

नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माको नयाँ प्रस्ताव


मध्यान्तर
  • आइतबार, असोज ३ २०७८

  • काठमाडौँ । महामन्त्री लड्ने घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व हस्तान्तरणबारे नयाँ प्रस्ताव सार्वजनिक गरेका छन्।

    मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा शर्मा महामन्त्री पदमा लड्दैछन्। उनले गत भदौ २४ मै सुन्दरीजल पुगेर बिपी जयन्तीमा उक्त घोषणा गरेका थिए।

    शर्माले गृहजिल्ला झापाबाट आज राजनीतिमा सुधार गर्न २४ बुँदा प्रस्ताव गरेका छन्। उक्त प्रस्तावको ११ औं नम्बरमा पुस्तान्तरणका कुरा छन् ।

    शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धतितर्फ मोडौं। एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको सपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै गरौं,’ शर्माले भने।

     

     

    प्रतिक्रिया
    थप समाचार